सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्रिगेड ब्लाइज क्लब र नयाँबस्ती युवा क्लबले १-१ को बराबरी खेलेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा ब्रिगेड ब्वाइजका लागि विजय उरान्वले गोल गरे । नयाँबस्तीका लागि एक गोल आत्मघाती उपहार स्वरुप प्राप्त भयो ।
खेलको १८औं मिनेटमा विजयले गोल गर्दै ब्रिगेडलाई अग्रता दिलाएका थिए । तर, ६७औं मिनेटमा मनीष गुरुङले आत्मघाती गोल गरेपछि नयाँबस्ती बराबरीमा आयो ।
त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।
यो नतिजासँगै ४ खेलमा ४ अंक जोडेको ब्रिगेड ब्वाइज नवौं स्थानमा छ । नयाँबस्ती समान खेलबाट २ अंकका साथ १३औं स्थानमा छ ।
बिहीबारै सम्पन्न पहिलो खेलमा झापा एफसीले सरस्वती युवा क्लबलाई १-० ले पराजित गरेको थियो ।
