काठमाडौं । पुष्पसदनले जुनियर क्रिकेट लिग (जेसीएल)– सिजन २ मा मंगलबार जित हात पारेको छ ।
एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा पुष्पसदनले नवोदित विद्या कुञ्जलाई १५ रनले पराजित गर्यो ।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स कम्प्लेक्समा आयोजक एन्जल्सले केएमसीलाई १८ रन, त्रिलोकले क्रिएटिभलाई ७ विकेट, डिएभी (नीलो) ले मनमैजुलाई १ सय २२ रन, श्री गम्भीर समुन्द्र सेतुले स्कोलर्स होम एकेडेमीलाई ८ विकेट र क्रिएटिभले केएमसीलाई ६ विकेटले हराए ।
एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन सेन्टरको व्यवस्थापन तथा काठमाडौं गोर्खाजको सहयोगमा भइरहेको टी– १० इन्डोर छात्र क्रिकेटको अन्य खेलमा आरम्भ एकेडेमीले नवोदितलाई २१ रन, द सेलिब्रेन को–एडले जेम्सलाई ६ विकेट, केएभसीले त्रिलोकलाई १६ रन र भ्याली पब्लिकले ज्ञानोदयलाई १ सय २५ रनले पाखा लगाए ।
