फिफा वरियतामा नेपाल यथावत

२०८१, २० चैत्र बिहीबार १७:११

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् रहेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७५औं स्थानमा यथावत् रहेको हो ।

नेपालले केही साताअघि मात्र सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण र मलेसियासँग एशियन कप २०२७ अन्तर्गत तेश्रो तथा अन्तिम चरणको छनौटको पहिलो खेल खेलेको थियो ।

सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेल जित्दै एतिहासिक जित निकालेको नेपाल मलेसियासँग भने पराजित भएको थियो । नेपाल दक्षिण एशियातर्फको वरियतामा तेश्रो स्थानहा यथावत् रहेको छ ।

यस्तै एक स्थान तल झर्दे १२७औं स्थानमा पुगेको भारत दक्षिण एशियातर्फ शीर्ष स्थानमा यथावत् रहँदा दुई स्थान तल झरेको माल्दिभ्स १६४औं स्थान ओगट्‌दै दक्षिण एशियातर्फको दोश्रो स्थानमा रहेको छ ।

विश्व च्याम्पियन अर्जेन्टिना विश्व वरियताको शीर्ष स्थानमा कायम रहँदा एक स्थान सुधार गरेको स्पेन दोश्रो स्थानमा उक्लिएको छ भने एक स्थान तल झरेको फ्रान्स तेश्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *