काठमाडौं । आयोजक ग्रिनफिल्ड र ज्ञान निकेतनले १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् ।

बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्डले सम्पदालाई ३९–१६ ले पराजित गर्यो । ग्रिनफिल्डको जितमा प्रतिक खत्रीले ७ अंक योगदान गरे । जेन्युन वाइबाको ७ अंक सहयोगमा ज्ञान निकेतनले केइएसलाई २९–२७ ले हरायो ।

सिनियर ब्वाइजमै ब्राइट होराइजनले नेपालयलाई ४७–२०, गण्डकीले ज्ञानोदयलाई ३४–२५, नवीन ज्योतिले हेम्सलाई ३५–३२ र साइन मोडेलले सेबलाई ३८–३५ ले पाखा लगाए । ब्राइट होराइजनका विवेक गुरुङले १४, गण्डकीका सगुन कनायाले ११, नवीन ज्योतिका कृष दानीले १६ र साइन मोडेलका विशेष बलामीले १३ अंक जोडे ।

जुनियर ब्वाइजमा केइएसले माइलस्टोनलाई ३–२, ज्ञान निकेतनले हेम्सलाई १५–५ र नवीन ज्योतिले ग्रिनफिल्ड ‘बी’ लाई १४–७ ले पन्छाए । केइएसका आयुश उपाध्यायले २, ज्ञान निकेतनका सुमन तामाङले १२ र नवीन ज्योतिका प्रिजलले ६ स्कोर गरे ।

सिनियर गर्ल्सको ज्ञानोदयले जेसिसलाई १७–१० तथा नवीन ज्योतिले आर्यालाई २०–१९ ले पराजित गरे । ज्ञानोदयकी प्रिन्सेस थापा मगरले १० तथा नवीन ज्योतिकी असिना क्षेत्रीले ९ अंक जोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *