तेश्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा झापा एफसी र काठमाडौं रेजर्स एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा दुबै टोलीले राम्रो अवसरहरु सिर्जना गरेपनि गोल गर्न सकेनन् ।

यससँगै दुवै टोली तेश्रो सिजनको लगातार दोश्रो खेलमा बराबरी खेल्दै अंक बाड्न बाध्य भएका छन् ।

झापाले पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरी खेल्दा पहिलो संस्करणको च्याम्पियन काठमाडौंले साविक विजेता ललितपुर सिटी एफसीसँग २-२ गोलको बराबरी खेलेको थियो ।

आजको बराबरीपछि २ खेलबाट २ अंक जोडेको काठमाडौं चौथो र झापा पाँचौं स्थानमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *