डर्टमन्डमाथि रियलको जित

२०८१, ७ कार्तिक बुधबार १२:१८

स्पेनिस टोली रियल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा मंगलबार जर्मन क्लब बोरुसिया डर्टमन्डलाई पराजित गरेको छ ।

तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा रियलले ५-२ जित निकालेको छ । घरेलु मैदान सान्टियागो बर्नाबेउमा रियाललाई जित दिलाउन भिनिसियस जुनियरले ह्याट्रिक गर्दा एन्टोनियो रुडिगर र लुकास भास्क्वेजले समान १ गोल थपे। डर्टमन्डका लागि डोनिल मलेन र जिमी जिटेन्सले गोल गरे ।

खेलमा सुरुवाती अग्रता भने पाहुना टोलीले लिएको थियो । ३०औं मिनेटमा मलेनले गोल गरे। त्यसको ४ मिनेट मिनेटपछि नै जिटेन्सले डर्टमन्डको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २-० ले पछि परेको रियलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्यो । ६०औं मिनेटमा रियलका रुडिगरले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए ।

दुई मिनेटपछि नै भिनिसियसले गोल गर्दा रियल २-२ को बराबरीमा आयो । ८३औं मिनेटमा भास्क्वेजले रियलका लागि तेस्रो गोल गरे ।

भिनिसियसले ८६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा रियाल ४-२ ले अगाडि बढ्यो । इन्ज्युरी समयमा भिनिसियसले ह्याट्रिक पूरा गर्दै रियाललाई ५-२ को जित दिलाए ।

३ खेलमा ६ अंक जोडेको रियल नवौं स्थानमा छ । डर्टमन्ड समान खेलबाट ६ अंकका साथ पाचौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *