जापानको सामना गर्दै नेपाल

२०८१, ७ कार्तिक बुधबार १२:२१

एफसी यु-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपालले बुधबार साविक विजेता जापानको सामना गर्दैछ ।

समूह ‘एफ’ को खेल कतारको दोहास्थित हमद बिन खालिफा रंगशालामा नेपाली समयअनुसार राति १०:३० मा सुरु हुनेछ । यो समूहमा घरेलु टोली कतार र मंगोलिया पनि छन् ।

जापान प्रतियोगिताको सबैभन्दा सफल टोली हो। सन् १९९४, २००६, २०१८ र २०२३ च्याम्पियन जापन २०१२ मा उपविजेता बनेको थियो । यसैगरी जापानले २००८, २०१० र २०१६ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो।

नेपालले भने हालसम्म एएफसी यु-१७ एसियन कपमा समूह चरण पार गर्न सकेको छैन । नेपालले सन् २०००, २००६ र २०१६ मा यो प्रतियोगिता खेलेको थियो ।

एएफसी यु-१७ एसियन कपमा नेपालविरुद्धको दुवै खेलमा जापना विजयी भएको छ । जापानले सन् २००० मा ३-० र २००६ मा ६-० को जित निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *