बीडीएसको दोस्रो जित

२०८३, २७ भाद्र शनिबार २३:११

काठमाडौं । बाल दीक्षा सदन स्कुलको आयोजनामा भइरहेको पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको दोस्रो दिन सात खेल सम्पन्न भएका छन् ।

प्रतियोगिताको दोस्रो दिन छात्रतर्फ चार तथा छात्रातर्फ तीन खेल भएका छन् ।

छात्रातर्फको पहिलो खेलमा केएमसी स्कुलले रातो बंगला स्कुललाई १४–४ ले पराजित गर्‍यो । अर्को खेलमा पाठशाला फाउन्डेसन नेपालले चेल्सी वर्ल्ड स्कुललाई १५–५ ले हरायो । आयोजक बीडीएसले युरो स्कुल कोटेश्वरलाई १६–३ ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गर्‍यो ।

छात्रतर्फकाे पहिलाे खेलमा केएमसी स्कुल ह्वाइटफिल्ड सेकेन्डरी स्कुलसँग ४–१५ ले पराजित भयो । एलआरआई स्कुल रातो बंगला स्कुलसँग ५–१७ ले पराजित भयो। सनसाइन माध्यमिक बोर्डिङ स्कुलले ओएसिस इङ्लिस स्कुललाई ३३–१२ ले हरायो । अन्तिम खेलमा राराहिल मेमोरियल स्कुलले आयोजक बीडीएसलाई १९–५ ले पराजित गर्‍यो ।

लिग कम नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा छात्रातर्फ २१ तथा छात्रतर्फ १३ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताका विजेताले ट्रफी प्राप्त गर्नेछन् ।

बास्केटबल खेलको विकासमा ग्रासरुट तहदेखि नै योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताका प्राविधिक प्रमुख प्रेमसुन्दर होनाका अनुसार प्रत्येक टोलीका एक खेलाडीले बढीमा दुई क्वाटरसम्म मात्र खेल्न पाउने व्यवस्था गरिएको छ । यस व्यवस्थाले टोलीका सबै खेलाडीलाई मैदानमा खेल्ने अवसर प्रदान गर्ने उद्देश्य राखिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *