सिड्नी । नेप्लिज रिक्रिएसन क्लब (एनआरसी)को आयोजनामा ‘एनआरसी बहुसांस्कृतिक टेबल टेनिस प्रतियोगिता २०२६’ सम्पन्न भएको छ ।

सिड्नीको टेबल टेनिस एकेडेमी, राइडमा आयोजना भएको प्रतियोगितामा विभिन्न देश तथा समुदायगरि कूल ३९ खेलाडी सहभागी थिए । प्रतियोगितामा बिगिनर्स, खुला एकल, १२ वर्षमुति, ४५ वर्षमाथिको भेट्रान्स र खुला युगलगरि पाँच विधामा प्रतिस्पर्धा भएको थियो ।

बिगिनर्सतर्फ सन्दीप शर्मा विजेता, सञ्जय यादव फस्ट रनर–अप र किशन देवकोटा सेकेन्ड रनर–अप बने । खुला एकलमा चुन हो माकले उपाधि जित्दा रायन बर्मन दोस्रो र जेफ चान तेस्रो भए ।

१२ वर्षमुनिको बालबालिकातर्फ श्रेया व्यासख विजेता, अवि चालिसे उपविजेता र आयान बर्मन तेस्रो बने । भेट्रान्स ४५ वर्षमाथिको प्रतिस्पर्धामा नयन बर्मन प्रथम, चेतमान गुरुङ द्धितीय र साइलेन जोशी तृतीय भए ।

खुला युगलतर्फ नयन बर्मन र रायन बर्मनको जोडी विजेता बन्यो । संगम र सगुनको जोडी उपविजेता तथा मिथिलेश र फौजीको जोडी तेस्रो बन्यो । एनआरसी अध्यक्ष सञ्जय श्रेष्ठले प्रतियोगितामा सहभागी खेलाडी, आयोजक, स्वयंसेवक, सहयोगी तथा समर्थकलाई धन्यवाद व्यक्त गरे। प्रतियोगिता सफल बनाउन स्वयंवसेवक कुलदीप प्रधानले सहयोग गरेका थिए ।

खेलकुदमार्फत विभिन्न देश तथा समुदायबीच मित्रता, एकता र आपसी सद्भाव अभिवृद्धि गर्नु प्रतियोगिताको उद्धेश्य रहेको आयोजकले जनाएको छ ।

पवन सोती र अभय फुयालको संयोजनमा आयोजना गरिएको प्रतियोगिताका विजेता तथा उपविजेतालाई आगामी एनआरसी गाला डिनरमा औपचारिक पुरस्कार वितरण समारोह आयोजनागरि सम्मान गरिनेछ । गाला डिनरको मिति र स्थान तय भएपछि जानकारी गराइने एनआरसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *