बार्सिलोना र इन्टरको बराबरी

२०८२, १८ बैशाख बिहीबार ०७:३३

बार्सिलोना र इन्टरले च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बराबरी खेलेका छन् ।

एस्टादी ओलिम्पिक लुइस कम्पनीस बुधवार भएको रोमान्चक खेल ३-३ को बराबरी सकिएको थियो ।

मंगलवार पहिलो सेमिफाइनलमा पेरिस सेन्ट जर्मेनले आर्सनललाई १-० ले हराएको थियो । तर बार्सिलोना र इन्टरबीचको पहिलो लेग रोचक र प्रतिस्पर्धात्मक रह्यो ।

पहिलो हाफमा ४ हुँदा बराबरीमा खेल टुंगियो । बार्सिलोनाले २-० ले पछि परेको खेललाई उल्टाउँदै पहिलो हाफमा नै बराबरी गरेको थियो।

खेल सुरु भएको ३० सेकेन्डमै मार्कस थुरामले इन्टरलाई आश्चर्यजनक अग्रता दिलाए । उनको प्रहारले बार्सिलोनाका गोलकिपर वोज्शिएच शेज्जीलाई छक्यायो।

डेनजेल डम्फ्रिजले २१औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसमा पनि बार्सिलोनाका गोलकिपरको केहि लागेन ।

तर २४ औं मिनेटमा लामिन यामालको अद्भुत व्यक्तिगत कौशलमा गोल गर्दै अन्तर घटाए । ३८औं मिनेटमा फेरान टोरेसले गोल गरेपछि पहिलो हाफ २-२ को बराबरी सकियो ।

दोस्रो हाफमा पनि बार्सिलोनाले खेलमा पकड बनाएको थियो। तर ६३औं मिनेटमा डम्फ्रिजले कर्नरबाट आएको बलमा हेडरमार्फत दोस्रो गोल गरे।

त्यसपछि ६५औं मिनेटमा राफिन्हाको पेनाल्टी बक्स बाहिरबाट हानेको शक्तिशाली प्रहा यान सोमरको आत्मघाती गोलमा परिणत भयो र खेल बराबरी भयो । दोस्रो लेग मंगलवार सान सिरोमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *