विभागीय टोली नेपाल एपिएफ क्लब प्रथम बागमती मुख्यमन्त्री कप महिला फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा रौतहट जिल्ला फूटबल संघलाई ५-० गोलले हराउँदै एपीएफ उपाधि नजिक पुगेक्क हो ।
नुवाकोट आदर्श मल्टिपल क्याम्पसको खेल मैदानमा भएको खेलमा एपिएफलाई जित दिलाउन अनिता बस्नेत, सरु लिम्बू, रश्मी कुमारी घिसिङ, निशा थोकर र सविता राना मगरले समान एक गोल गरे ।
एपिएफले उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
