Month: २०८३, १६ जेष्ठ शनिबार ०८:४४

४२ औं राष्ट्रिय टेबलटेनिस: जुनियर यु–१९ मा जयस्नु र प्राज्नालाई स्वर्ण

काठमाडौँ । नेपाल आर्मीका जयस्नु महर्जन र नेपाल प्रहरीकी प्राज्ना महर्जनले ४२ औं राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिप अन्तर्गत जुनियर यु–१९ सिंगल्सतर्फ स्वर्ण पदक जित्न सफल भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस…

महामञ्जुश्री ‘ए’ प्रि-क्वाटरफाइनलमा

काठमाडौं । आयोजक महामञ्जुश्री ‘ए’ दोश्रो महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । महामञ्जुश्री समूह ‘ए’ को विजेताका रुपमा प्रिक्वाटरफाइनलमा पुगेको…

काठमाडौं टिम च्याम्पियन

काठमाडौं । काठमाडौं १६औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेशस्तरीय प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । विभिन्न ६ समावेश प्रतियोगितामा काठमाडौंले ४० स्वर्ण, ८ रजत र १० कांस्य जित्दै समग्रमा…

१८ चेस खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट 

मेचिनगर । झापा स्थित काँकडभिट्टाको मेचिनगरमा राष्ट्रिय “बी” चेस प्रतियोगिता सम्पन्न भए सँगै ९ जना पुरुष खेलाडी तथा ९ जना महिला खेलाडी राष्ट्रिय प्रतियोगितामा छनोट भएका छन् । नाइट चेस…

टेबलटेनिसको साधारण सभा सम्पन्न

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले संघका महासचिव कुवेरप्रकाश सिंहको प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको कोषाध्यक्ष ज्याकी महर्जनले…

विद्यालयस्तरीय क्रिकेटमा डि.भी.एम., सहिद, जनता र शिक्षादीप विजयी

सुनसरीको इटहरीमा जारी विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा शुक्रबार भएका खेलहरूमा डि.भी.एम. स्कुल, सहिद स्कुल, जनता मा.वि. र शिक्षादीप एकेडेमी विजयी भएका छन् । पहिलो खेलमा डि.भी.एम. स्कुल, इटहरीले आवर इङलिस बोर्डिङ…

दिप ज्योति युवा क्लबको आयोजनामा अध्यक्ष कप फुटबल सुरु

ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ मा अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।दिप ज्योति युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा ८ टोलिले भाग लिएका…

भीमनारायण स्मृति गोल्डकपको उपाधिका लागि आयोजक धनकुटा र बेलबारी भिड्ने

धनकुटामा जारी १८औँ सहिद भीमनारायण स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटा र मोरङको बेलबारी फुटबल क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । धनकुटा सदरमुकामस्थित तल्लो…

एसियन ई–लर्निङ जयकुमारनाथ शाह क्रिकेट प्रतियोगिता १९ जेठदेखि

काठमाडौं जिल्ला क्रिकेट संघको आयोजनामा हुने तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह मेमोरियल यु–१६ इन्टर स्कूल क्रिकेट प्रतियोगिता’ जेठ १९ गतेदेखि सुरु हुने भएको छ । शुक्रबार होटल स्मार्ट, धुम्बाराहीमा…

ब्रिज इन्टरनेशनको २१औं शाखा पोखरामा

काठमाडाैं । शैक्षिक परामर्शदाता संस्था ब्रिज इन्टरनेशनलले आफ्नो २१ औं शाखा पोखरामा विस्तार गरेको छ । पोखराको न्युरोडमा रहेको शाखाको बिहीबार इक्यान नेपालका अध्यक्ष लक्ष्मण पौडेल र ब्रिज इन्टरनेशनलका ब्राण्ड…