काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
साधारण सभाले संघका महासचिव कुवेरप्रकाश सिंहको प्रतिवेदन तथा कोषाध्यक्षको आर्थिक प्रतिवेदन पारित गरेको कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।
त्यस्तै संघको संशोधित विधान स्वीकृतिका लागि राष्ट्रिय खेलकुदमा पेश निर्णय पनि गरेको संघले जनाएको छ ।
