काठमाडौं । आयोजक महामञ्जुश्री ‘ए’ दोश्रो महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
महामञ्जुश्री समूह ‘ए’ को विजेताका रुपमा प्रिक्वाटरफाइनलमा पुगेको हो । सोही समूहबाट ग्रिन लन्स उपविजेता हुँदै प्रिक्वाटरफाइनलमा पुग्यो ।
त्यस्तै स्किब्स, एलआरआई, फ्लोरिडा, मनास्लु, नवीन ज्योति, ज्ञानचक्छु, इन्साइट भिजन, त्रिज्योति, कन्सटिलेसन, पिपुल्स एकेडेमी, विल्सन एकेडेमी, होली भिजन, राइजिङ स्टार र निम्सले पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
नागर्जुन नगरपालिका वडा ५, सीतापाइलास्थित आयोजककै कोर्टमा भइरहेको प्रतियोगिताको जुनियर ब्वाइजमा केभीसी, रानीवन, महामञ्जुश्री ‘ए’, रुद्रमति, इडेन ब्रिज एकेडेमी, पिपुल्स एकेडेमी, ग्रिनफिल्ड ‘ए’ र ‘बी’ तथा नवीन ज्योतिले क्वाटरफाइनल यात्रा तय गरे । प्रतियोगिताको महामञ्जुश्रीका प्रिन्सिपल चुडामणि मरासिनीले एक कार्यक्रमबीच उद्घाटन गरे ।
प्रतियोगितामा विभिन्न ३ विधामा ४४ विद्यालयका ७२ टिम सहभागी छन् । सिनियर ब्वाइजमा ३२ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान २०–२० टिमले भाग लिएका छन् । प्रतियोगिता आइतबार सम्पन्न हुनेछ ।
