सुनसरीको इटहरीमा जारी विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा शुक्रबार भएका खेलहरूमा डि.भी.एम. स्कुल, सहिद स्कुल, जनता मा.वि. र शिक्षादीप एकेडेमी विजयी भएका छन् ।

पहिलो खेलमा डि.भी.एम. स्कुल, इटहरीले आवर इङलिस बोर्डिङ स्कुल, इनरुवालाई ५ विकेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा सहिद स्कुल, तरहराले ग्रीन पिस स्कुल, इटहरीलाई ३ विकेटले हराउँदै रोमाञ्चक जित दर्ता गर्यो ।

तेस्रो खेलमा जनता मा.वि., इटहरीले पूर्वाञ्चल सेकेन्डरी स्कुल, तरहरामाथि ९ विकेटको सानदार जित निकाल्यो । यस्तै, चौथो खेलमा शिक्षादीप एकेडेमीले शुस्मा स्कुल, इटहरीलाई ५ विकेटले पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *