कोपा इटालियाको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा सहरी प्रतिद्धन्द्धी एसी मिलान र इन्टर मिलान १-१ गोलको बराबरी खेलेका छन् ।
बुधबार मिलानको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीका लागि ट्यामी अब्राहम तथा इन्टरका लागि हाकान चाल्हानोग्लुले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएका थिए ।
दोस्रो हाफको सुरुआतमै अब्राहमको गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । तर, ६७औं मिनेटमा चाल्हानोग्लुलेले इन्टरका लागि बराबरीमा गोल फर्काए ।
अब मिलान र इन्टरबीचको दोस्रो लेग अप्रिल २३ मा हुनेछ ।
बुधबार भएको अर्को खेलमा बोलोग्नाले इम्पोलीविरुद्ध ३-० को सहज जित निकाल्दै फाइनल सम्भावना बलियो बनाएको छ ।
