इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले लेस्टर सिटिलाई पराजित गरेको छ ।

बुधबार राती सम्पन्न खेलमा म्यान्चेस्टर सिटीले घरेलु मैदानमा लेस्टर सिटिलाई २-० गोलले पराजित गरेको हो । म्यान्चेस्टरको जितमा ज्याक ग्रिलिश र उमर मर्मूशले गोल गरे ।

खेलको दुई मिनेटमानै ग्रिलिशको गोलमार्फत म्यान्चेस्टरले अग्रता लिएको थियो । त्यसपछि मर्मूशले २९औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे ।

यसपछि दुबै पक्षबाट गोल हुन नसकेपछि म्यान्चेस्टर सिटिले खेल सहजै जित्यो ।

जितसँगै ३० खेलबाट ५१ अंक जोडेको म्यान्चेस्टर चौथो स्थानमा उक्लिएको छ । पराजित लेस्टर समान खेलबाट १७ अंंकका साथ तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

बुधबार राति नै भएका लिगका अन्य खेलमा एस्टन भिल्लाले ब्राइटनलाई ३-०, इप्सविच टाउनले बर्नमथलाई २-१ र न्यूक्यासल युनाइटेडले ब्रेन्टर्फार्डलाई २-१ ले नै हराउँदा साउथह्याम्पटन र क्रिष्टल प्यालेसले १-१ को बराबरी खेल्दै अंक बाँडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *