संस्कृति र कान्जिरोवा विजयी

२०८३, २५ श्रावण सोमबार १९:३५

संस्कृति इन्टरनेसनल स्कुल र कान्जिरोवाले दोश्रो क्युकेएस अन्तरविद्यालय फुटसल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।

क्वालिटी काठमाडौं स्कुल (क्युकेएस) को वार्षिक कार्यक्रम अनुसार भइरहेको प्रतियोगितामा संस्कृतिले मेरिडियनलाई ३–२ तथा कान्जिरोवाले इम्पेरियल वल्र्डलाई ३–० गोलले पराजित गरे । सोही स्पर्धामा युरो, हात्तीगौडा र संस्कृति तथा भक्तपुर निस्ट र जोन डेवीले गोलरहित बराबरी खेले । काठमाडौं प्रज्ञा कुञ्ज र युरो, बानियाँटारबीचको खेल १–१ गोलको बराबरीमा सकियो ।

मण्डिखाटारस्थित आयोजक काष्ठमण्डप विद्यालयमा भएको सिनियर गल्र्सको खेलमा जोन डेवीले मेरिडियनलाई ३–० तथा इम्पेरियलले युरो, बानियाँटारलाई १–० गोलले पाखा लगाए । संस्कृति विरुद्ध भने इम्पेरियल गोलरहित बराबरीमा रोकियो ।

जुनियर ब्वाइजमा भक्तपुर निस्टले संस्कृतिलाई ४–० तथा काठमाडौं प्रज्ञा कुञ्जले युरो, बानियाँटारलाई १–० गोलले पन्छाए । मेरिडियन र इम्पेरियलबीचको गोलरहित बराबरीमा टुंगियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *