इन्टर मियामी कोन्काकाफ च्याम्पियन्स कपको क्वार्टरफाइनलको पहिलो लेगमा पराजित भएको छ ।
बिहीवार मियामी लस एन्जलस फुटबल क्लबसँग १-० ले पराजित भएको हो ।
बिएमओ रंगशालामा भएको खेलमा लस एन्जलसको जितमा नाथन ओर्डाजले गरेको एकमात्र गोल निर्णायक बन्यो । घरेलु मैदानमा खेलको ५७औं मिनेटमा ओर्डाजले गोल गरे ।
दोस्रो लेग अप्रिल १० मा मियामीको मैदान चेज स्टेडियममा हुनेछ ।
