आगामी जनवरी १३ देखि १९ (पुस २९ देखि माघ ६ गते) सम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो खो विश्व कप-२०२५ का लागि पुरुष तथा महिला राष्ट्रिय टिमको घोषणा भएको छ ।
नेपाल खो खो संघ अध्यक्ष प्रदिप महर्जनले नेपाल खो खो संघ राष्ट्रिय टिम तयारी समितिका अनुसार गत एक महिनादेखि कीर्तिपुरस्थित कभर्डहलमा भइरहेको बन्द प्रशिक्षणबाट छनोट गरेर १५-१५ खेलाडिसहित राष्ट्रिय खो खो टिम घोषणा गरेको जानकारी दिए ।
तयारी समितिका संयोजक एवम् नेपाल खो खो संघका महासचिव शंकर महर्जनका अनुसार पुरुष तर्फ हेमराज पनेरुको नेतृत्वमा १५ जना खेलाडी रहेका छन् । जसमा जनक चन्द, समिर चन्द, विश्वास चौधरी, सूरज पूजारा, रोहित कुमार वर्मा, यमन पूरी, वेदबहादुर वली, झलक वि।क।, बिकराल सिंह रत्गैया, बिशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु, गणेश विश्वकर्मा छन् ।
त्यस्तै, महिलातर्फ सरस्वती कडायतको नेतृत्वमा मानमती धामी, पुजा ओड, आशा थारु, दिपा बिक, निशा शाही, कर्मा कुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दिपा कुमारी विक, खुश्बु राना, वर्षा पण्डित, गिता चौधरी र अनिसा गोले छन् ।
पुरुष टिम प्रशिक्षकमा विक्की राज महर्जन र महिला टिम प्रशिक्षकमा लक्ष्मी नारायण बैद्य छन् । त्यस्तै अन्य प्रशिक्षकहरुमा कयामुद्दिन मनसूर र उषा कवर मगर रहेको अध्यक्ष महर्जनले जानकारी दिए ।
नेपाल खो खो संघका अनुसार नेपालले पहिलो खेल जनवरी १४ तारिखका दिन बिहान १० बजे इन्दिरा गान्धि स्टेडियममा भुटानसँग खेल्ने छ ।
सहभागी टिमहरू
एसिया : भारत, नेपाल, भुटान, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया, इरान, मलेसिया, दक्षिण कोरिया
अफ्रिका : घाना, केन्या, साउथ अफ्रिका, युगानन्डा
युरोप : इंग्ल्यान्ड, जर्मनी, नेदरल्यान्ड्स, पोल्यान्ड
दक्षिण अमेरिका : अर्जेन्टिना, ब्राजिल, पेरु
उत्तर अमेरिका : संयुक्त राज्य अमेरिका
ओसियाना : अष्ट्रेलिया, न्युजिल्यान्ड
