काठमाडौं । इन्स्टिच्यूट अफ स्पोर्ट्स साइन्स एन्ड रिसर्च (आईएसएसआर) नेपालको आयोजनामा स्ट्रेन्थ एन्ड कन्डिसनिङ सम्बन्धी कार्यशाला शुक्रबारदेखि सुरु भएको छ ।

बलियो खेलाडी निर्माण गर्ने, चोटपटक रोक्ने र खेलाडीको प्रदर्शन बढाउने उपाय बारे जानकारी गराउने उद्देश्यले आयोजित कार्यशालामा ४० जनाको सहभागिता रहेको आईएसएसआर नेपालका अध्यक्ष धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

दुईदिने कार्यशाला शनिबार सम्पन्न हुनेछ । पहिलो दिन कार्यशाला सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको थियो ।

दोश्रो दिन बाँसवारीस्थित नाडा पर्फमेन्स एन्ड रिह्याबिलिटेटिभ सेन्टरमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *