राष्ट्रिय स्वतन्त्र पार्टी युवा तथा खेलकुद बिभागले प्रथम खो-खो बिश्वकपमा उपविजेता बन्न सफल महिला र पुरुष टोलीलाई सम्मान गरेको छ ।
पार्टी कार्यालय बनस्थलीमा आयोजित सम्मान कार्यक्रममा कार्यबाहक सभापति डिपी अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, पुर्ब युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठ, कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य बिजय जैरु, युवा तथा खेलकुद बिभाग केन्द्रीय सचिव पुरुषोत्तम पोखरेल, केन्द्रीय सदस्य जगदीश खरेल लगायतले खादा माला लगाएर सम्मान गरेका हुन् ।
देशका लागि खेल्ने खेलाडीहरुका लागि पार्टी र बिभागको तर्फबाट के गर्न सकिन्छ, त्यसका आफुहरुले पहल गर्ने पुर्ब युवा तथा खेलकुद मन्त्री श्रेष्ठले बताउनु भयो । भारतको नयाँ दिल्लीमा केही दिन अघि सम्पन्न प्रथम खो-खो बिश्वकपमा नेपालका महिला र पुरुष दुबै टोली आयोजक भारतसँग पराजित हुँदै उपविजेता भएका थिए ।
