भारतमा अर्को साताबाट सुरु हुने प्रथम खो–खो विश्व कपमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीहरुलाई विदाई गरेका हुन् ।

प्रतियोगिताका लागि ५० खेलाडीसहित ५३ सदस्यीय नेपाली टोली शुक्रबारै भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ ।

नेपाली टोलीमा समान २५ पुरुष/महिला खेलाडी, २ प्रशिक्षक र १ सहायक प्रशिक्षक रहेका छन् । विश्व कपमा पुरुषमा २० र महिलामा १९ टोलीको सहभागिता रहने नेपाल खो खो संघका अध्यक्ष प्रदीप महर्जनले जनाकारी दिए ।

प्रतियोगिता पुस २९ देखि माघ ६ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *