कर्णाली एसभिएसले एभरेस्ट महिला भलिबल लिगमा सुखद सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा सोमबार भएको खेलमा मधेश युनाइटेडमाथि ३-१ सेटको जित निकालेको हो ।
पहिलो सेट २५-१५ ले आफ्नो पक्षमा पारेको कर्णलीले दोस्रो सेट भने २५-२५ ले जित्यो । त्यसपछि तेस्रो सेट २६-२८ ले गुमाएको कर्णलीले चौथो सेट २५-११ ले आफ्नो पक्षमा पार्दै ३ अंक जोड्यो ।
दिनको पहिलो खेलमा ललितपुर क्विन्सले काठमाडौं स्पाइकर्सलाई ३-१ को सेटमा पराजित गर्यो ।
अब मंगलबार कर्णालीले गण्डकी थन्डर्स र मधेशले ललितपुरको सामना गर्नेछन् ।
