नेपाल भलिबल लिग (एनभीएल) को उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ ।

भर्खरै सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई ३-० को सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो ।

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको खेलमा अन्नपूर्णले २५-१५, २५-२० र २५-१८ ले सेट आफ्नो पक्षमा पार्यो ।

विजेता बनेसँगै अन्नपूर्णले २० लाख प्राप्त गरेको छ ।

नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा पहिलोपटक आयोजित प्रतियोगितामा ६ पुरुष टिम सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *