जारी नेपाल भलिबल लिग (एनभीएल) मा आज प्लेअफको खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज साँझ ६ बजे कर्णाली शिवराज र काठमाडौँ रेड्सबीच प्लेअफको खेल हुँदैछ ।

यस खेलको विजेताले फाइनलमा अन्नपूर्ण स्पाइकर किंग्ससँग खेल्ने छ । फाइनल खेल शनिबार दिउसो ४ बजेदेखि शुरु हुँदैछ ।

एनभीएलमा सगरमाथा स्माशर्स, मधेश वारियर्स र खप्तड फाल्कन्स भने प्रतियोगिताबाट बाहिरिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *