ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिए) मा सुखद् सुरुआत गरेको छ ।

ललितपुरले सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा काठमाडौं स्पाइकर्सविरुद्ध ३-१ सेटको जित निकाल्यो ।

पहिलो सेट २५-२९ ले आफ्नो पक्षमा पारेको ललितपुरले दोस्रो सेट भने २१-२५ ले गुमाउन पुगेको थियो ।

त्यसपछिका दुई सेट २५-२१, २५-१९ ले आफ्नो पक्षमा पार्दै ललितपुरले ३ अंक जोड्यो ।

हाल कर्णाली यसभिस र मधेस युनाइटेडको खेल जारी छ भने दिनको तेस्रो खेलमा चितवन शक्तिले गण्डकी थन्डर्सको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *