काठमाडौं । बाल दीक्षा सदन स्कुलको आयोजनामा भइरहेको पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगिताको पाँचौँ दिन छात्र र छात्रातर्फका क्वाटरफाइनल खेल सम्पन्न भएसँगै सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो । छात्रतर्फको पहिलो खेलमा रातो बंगला स्कुललााई नवज्योतिले १८–११ ले हरायो ।

जेनियन नेसनल एकेडेमीले राराहिललाई १२–५, इनोभेटिभ इङ्लिस स्कुलले मनास्लु वल्र्ड स्कुललाई २१–१५ तथा सनसाइनले ह्विटफिल्डलाई २३–५ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए ।

छात्रातर्फ निष्ट ‘बी’ ले आर्या स्कुललाई १६–४, आरआईबीएसले चेल्सी स्कुललाई १५–४, पाठशालाले द एक्सेल्सियरलाई १९–४ तथा आयोजक बीडीएसले केएमसीलाई ८–६ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे। बुधबार सेमिफाइनल खेल हुनेछ ।

छात्रातर्फको पहिलो सेमिफाइनलमा पाठशालाले आयोजक बीडीएससँग तथा निष्ट ‘बी’ ले आरआईबीएससँग प्रतिस्पर्धा गर्नेछन् । छात्रतर्फ सनसाइनले नवज्योतिसँग तथा इनोभेटिभले जेनियन नेसनल एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा २१ विद्यालयको सहभागिता रहेको छ । सहभागी विद्यालयबाट छात्रतर्फ १३ तथा छात्रातर्फ १२ गरी २५ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । केही विद्यालयले छात्र र छात्रातर्फ एकभन्दा बढी टोलीसमेत सहभागी गराएका छन् ।

प्रतियोगिताका विजेताले ट्रफी प्राप्त गर्नेछन् । बास्केटबलको विकासमा ग्रासरुट तहदेखि नै योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता एक सातासम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *