पुल्चोक स्पोर्ट्स क्लब शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा स्पोर्ट्स एकेडेमी साँगालाई ५-१ गोल अन्तरले पराजित गर्दै पुल्चोका शीर्ष स्थानमा उक्लिएको हो ।

पुल्चोकको जितका लागि सिरब लो तामाङले २३ औं र खेलको अन्तिम मिनेटमा गरि दुई गोल गर्दा सागर थिङले १५ औं, सुमन श्रेष्ठले ४६ औं र विश्वास बीसीले ८० औं मिनेटमा गरि एक एक गोल थपे ।

साँगाका लागि विकाश परियारले खेलको ८२ औं मिनेटमा सान्तोना एक गोल फर्काएका थिए । जितसँगै ९ खेलबाट १९ अंक जोडेको पुल्चोक आरसी ३२ लाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।

आरसी ३२ को पनि समान खेलमा समान १९ अंक छ । तर पुल्चोक अन्तरका आधारमा अघि रहेको हो । यता पराजित साँगा समान खेलमा १२ अंकसहित सातौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *