पोखरा । युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा प्रथम किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ आगामी मंसिर १ देखि ६ गतेसम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने भएको छ ।
प्रतियोगितामा राष्ट्रियस्तरका आमन्त्रित पुरुष भलिबल टोलीको सहभागिता रहनेछ । विजेताले ४ लाख, उपविजेताले २ लाख ५० हजार, तृतीयले १ लाख र सान्त्वना टोलीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
उत्कृष्ट खेलाडीलाई २० हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
