सतिसाले फुटबल क्लब, मोरङ प्रथम तालतलैया गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा घरेलु टोली तालतलैया फुटबल क्लब (रातो), सुनसरीलाई २-० को गोलअन्तरले पराजित गर्दै सतिसाले अन्तिम चारमा प्रवेश गरेको हो ।
सतिसालेको जितमा नितेश लिम्बूले पेनाल्टी मार्फत एक गोल गर्दा अर्को गोल साजन बर्देवाले गरे । खेलको म्यान अफ दि म्याच सतिसालेका प्रबेश बस्नेत घोषित भए । उनले नगद दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा भोलि मंगलबार तालतलैया फुटबल क्लब (निलो), सुनसरी र फ्युजन एफसी, मोरङबीच अन्तिम क्वार्टरफाइनल खेल हुनेछ ।
तालतलैया फुटबल क्लब, सुनसरीको आयोजनामा शुरु प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ र उपविजेताले ५५ हजार ५ सय ५५ नगद सहित ट्रफी प्राप्त गर्नेछन् । फाइनल खेल भने असोज १० गते हुने आयोजकले जनाएको छ ।
