विराटनगरको रानीमा शनिबारदेखि प्रथम लाली गुराँस कप फुटबल प्रतियोगिता–२०८३ सुरु भएको छ ।
विराटनगर-१६ स्थित जुट मिलको खेल मैदान भएको उद्घाटन खेलमा डिग्री फुटबल क्लबले विजयी सुरुवात गरेको छ । डिग्रीले लाली गुराँस स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
डिग्रीको जितमा सनम अधिकारीले दुई गोल तथा रोशन राईले एक गोल गरे । यस्तै, लाली गुराँसका लागि आदेश मगरले एक गोल फर्काए पनि टोलीको हार टार्न सकेनन् ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका डिग्रीका सनम अधिकारी म्यान अफ द म्याच घोषित भए ।
लाली गुराँस स्पोर्टिङ क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा विभिन्न ८ वटा टोलीको सहभागिता रहेको छ । सोमबार बुढीगंगा स्पोर्टिङ क्लब र बिराट मेघा स्पोर्ट्स एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ३१ हजार रुपैयाँ तथा उपविजेताले २१ हजार रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव विप्लव घोसले गर्नु भएको थियो । उद्गाटन कार्यक्रममा मोरङ जिल्ला फुटबल संघका उपाध्यक्ष घनश्याम लामा, मोरङ जिल्ला फुटबल महासंघका सहसचिव बिनेश बस्नेत, विराटनगर महानगरपालिका–१५ का वडाध्यक्ष प्रकाश शाह र वडा नम्बर १६ का वडाध्यक्ष उद्धव भुजेल लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगिताको फाइनल खेल असोज १० गते हुने आयोजल लाली गुराँस स्पोर्टिङ क्लबका अध्यक्ष सुमित डंगोलले बताए ।
