ब्राजिलियन गोलकिपर एडरसनले कोपा अमेरिका गुमाउने भएका छन्। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीका खेल्दा उनको आँखामा चोट लागेको थियो ।

एडरसनले प्रतियोगिता गुमाउने भएपछि ब्राजिलियन प्रशिक्षक डोरिभल जुनियरले राफेललाई टोलीमा समावेश गरेका छन्।

यसैगरी दक्षिण अमेरिकी फुटबल संस्था कन्मेबोलले एक टोलीमा २६ खेलाडी राख्न दिने निर्णय गरेपछि रक्षक ब्रेमर, मिडफिल्डर एडरसन र पेपेलाई पनि टोलीमा थपिएको छ।

कोपा अमेरिका जुन २०देखि अमेरिकामा सुरु हुँदैछ । ब्राजिलले जुन २४ मा कोस्टारिकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *