संकटा क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा संकटाले आर्मीलाई २-१ गोलअन्तरले पराजित गरेको हो।

दोस्रो जितसँगै संकटाले ६ खेलमा ६ अंक जोडेको छ। संकटा सातौं स्थानमा उक्लिएको छ। आर्मी समान खेलबाट चार अंकका साथ नवौं स्थानमा झरेको छ।

२५औं मिनेटमा दिलन लिम्बूले गर्दै संकटालाई सुरुआती अग्रता दिलाएका थिए। ६७औं मिनेटमा समिन अर्जेलले टोलीको अग्रता दोब्बर बनाए।

इन्जुरी समयमा रोहित श्रेष्ठले गोल गर्दै आर्मीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, त्यो सफल हुन सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *