फ्रान्स र पोर्चुगल युरो कप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

सोमवार राती भएको पहिलो खेलमा बेल्जियममाथि १-० को जित रच्दै बलियो फ्रान्स युरोको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

त्यसैगरी गए राती सम्पन्न दोस्रो खेलमा पोर्चुगलले स्लोभेनियालाई हराउँदै युरोको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । फ्रान्कफर्टमा सम्पन्न खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै पेनाल्टी विफल पार्दा पोर्चुगल ३-० ले विजयी भयो ।

सेमिफाइनल प्रवेशका लागि पोर्चुगल र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।

राउन्ड अफ १६ मा मंगलबार रोमानियाले नेदरल्यान्ड्स तथा अष्ट्रियाले टर्कीसँग खेल्नेछ । यी खेलको विजेताले क्वाटरफाइनलमा एक अर्कासँग खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *