काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुल र प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुल प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

संस्कृति सिनियर ब्वाइज तथा प्रिमियर जुनियर ब्वाइजमा फाइनलमा पुगेका हुन् ।

बूढानीलकण्ठस्थित आयोजक इम्पेरियल वल्र्ड स्कुलको कोर्टमा संस्कृतिले जेम्सलाई ४७–२० ले पराजित गर्यो । संस्कृतिको जितमा अभिग्न श्रेष्ठले १२ अंक योगदान गरे । फाइनलमा संस्कृतिको भेट निस्टसंग हुनेछ । सिजन ताम्राकारको ६ अंक सहयोगमा प्रिमियरले डिभाइनलाई २७–३ ले सहजै हरायो ।

उपाधिका लागि प्रिमियरले डाफोडिल विरुद्ध प्रतिस्पर्धा गर्ने छ । दुवै सेमिफाइनल बिहीबार वर्षाका कारण स्थगित भएको खेल हो । सिनियर गल्र्सको उपाधि भिडन्त काष्ठमण्डप विद्यालय र निस्टबीच हुनेछ । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *