ग्रिनल्यान्डको दोहोरो जित

२०८३, २४ भाद्र बुधबार २२:०३

आयोजक ग्रिनल्यान्डले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बुधबार दोहोरो जित हात पारेको छ । ग्रिनल्यानडले जुनियर ब्वाइज तथा सिनियर गल्र्समा सफलता पायो ।

सिनियर ब्वाइजमा भने ग्रिनल्यान्ड चुक्यो । जुनियर ब्वाइजमा ग्रिनल्यान्डले भद्रकालीलाई २३–१७ ले पराजित गर्यो । ग्रिनल्यान्डको जितमा रवि पण्डितले ६ अंक योगदान गरे ।

सिनियर गल्र्समा दीक्षा पाण्डेको १३ अंक सहयोगमा ग्रिनल्यान्डले ज्ञान संसकारलाई ३५–२२ ले हरायो । सिनियर गल्र्सको अर्को खेलमा बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले मन्जरीलाई २२–१४ ले पन्छायो । बीएनएकी पूर्णिमा नेपालीले १० स्कोर गरिन् ।

जुनियर ब्वाइजको अन्य खेलमा गोल्डेनपिकले न्युटनलाई २३–१३, लालीगुराँस नेसनल एकेडेमीले स्कोलर्स होमलाई २३–२२, बीएमसीले बीएनएलाई १८–१६ र ओडिसीले ज्ञान संस्कारलाई ३३–२३ ले पाखा लगाए । गोल्डेनपिकका अपिल कुलुङले १०, लालीगुराँसका संगिता बलामीले ११, बीएमसीएका सोनाम तामाङले ७ र ओडिसीका सोहन तामाङले १० स्कोर गरे ।

सिनियर ब्वाइजमा लालीगुराँसले गोल्डेनपिकलाई ५३–४३, बीएनएले ग्रिनल्यान्डलाई ३३–१८, पारामाउन्ट एकेडेमीले ज्ञान संस्कारलाई ४७–२८ र इडेन ब्रिज एकेडेमी (इबीए) ले हिमालयलाई ३०–१५ पन्छाए । लालीगुराँसका प्राण मल्लले २५, बीएनएका दीपक तामाङले १०, पारामाउन्टका पिटर राईले १५ र इबीएका आदित्य श्रेष्ठले १२ अंक जोडे ।

प्रतियोगिताको ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङ र सह—प्राचार्य बिनोद घिमिरे (बिजी) ले संयुक्त रुपमा उद्घाटन गरे । असोज ३ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा २५, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १८ टिम सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *