सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सका प्रशिक्षक धम्मिका प्रसाद र स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षना नेपाल आइपुगेका छन् ।

श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादले प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै टोलीको समग्र रणनीति, खेलाडीहरूको प्रदर्शन र टिम संयोजनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । अन्तर्राष्ट्रिय क्रिकेटमा खेलाडीका रूपमा हासिल गरेको अनुभव तथा प्रशिक्षकका रूपमा विभिन्न टोलीसँग काम गरेको अनुभवलाई उनले विराटनगर किंग्सको प्रदर्शन सुधारमा उपयोग गर्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, स्पिन बलिङ प्रशिक्षक दिनुक शुलाक्षनाले टोलीका स्पिन बलरहरूको क्षमता अभिवृद्धि, बलिङ रणनीति र खेलअनुसारको तयारीमा विशेष ध्यान दिनेछन् । टी–२० क्रिकेटमा स्पिन बलिङको भूमिका महत्वपूर्ण हुने भएकाले उनको उपस्थितिले टोलीको बलिङ पक्षलाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

अनुभवी प्रशिक्षक, सन्दीप लामिछानेको नेतृत्व र आन्द्रे रसेलजस्ता विश्वस्तरीय खेलाडीको साथ पाएको विराटनगर किंग्स यस संस्करणमा उपाधिको बलियो दाबेदार बन्ने लक्ष्यसहित मैदानमा उत्रने तयारीमा छ ।

एनपीएलको तेस्रो संस्करणमा विराटनगर किंग्सले आफ्नो पहिलो खेल कार्तिक १० गते चितवन राइनोजविरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *