काठमाडौं । काष्ठमण्डप विद्यालय र निस्ट प्रथम आईडब्लुएस बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

काष्ठमण्डपले आयोजक इम्पेरियल वल्र्ड स्कुललाई ३३–८ ले पराजित गर्यो । काष्ठमण्डपको जितमा कास्भी श्रेष्ठले ९ अंक योगदान गरिन् । सुदेशना नेपालको १२ अंक सहयोगमा निस्टले मेरिडियन इन्टरनेसनल स्कुललाई २९–९ ले हरायो ।

सिनियर ब्वाइजमा निस्टले फाइनलमा स्थान सुरक्षित गर्यो । निस्टले युरो स्कुललाई ५३–३८ ले पाखा लगायो । निस्टका सुवर्ण भुजेलले २७ स्कोर गरे । निस्टले उपाधिका लागि संस्कृति इन्टरनेसनल स्कुल र जेम्सबीचको विजेतासंग प्रतिस्पर्धा गर्ने छ । दोश्रो सेमिफाइनल वर्षका कारण स्थगित भएको हो ।

जुनियर ब्वाइजमा डाफोडिलले फाइनल यात्रा तय गर्यो । डाफोडिलले आयोजक इम्पेरियलमाथि २३–४ को सहज जित दर्ता गर्यो । डाफोडिलका पेम्बा शेर्पाले ७ अंक जोडे । फाइनलमा डाफोडिलको भेट प्रिमियर इन्टरनेसनल आईबी कन्टिनम स्कुल र डिभाइनबीचको विजेतासंग हुनेछ । यो सेमिफाइनल पनि वर्षाले प्रभावित भएको हो । स्थगित दुवै सेमिफाइनल बिहीबार हुनेछ भने फाइनल शुक्रबारलाई सरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *