काठमाडौं । ज्ञान निकेतन, गोल्डेनपिक र एलिक्सर एकेडेमीले आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।

म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा भइरहेको प्रतियोगितामा ज्ञान निकेतनले पिस प्वाइन्टलाई ३७–१९, गोल्डेनपिकले नेपाल मेगालाई ५२–२३ र एलिक्सरले क्याम्ब्रिजलाई ३१–१५ ले पराजित गरे । ज्ञान निकेतनका अनुप भण्डारीले १३, गोल्डेनपिकका सुशिल गिरीले १५ र एलिक्सरका एम्रोसन निरौलाले १३ स्कोर गरे ।

सिनियर ब्वाइजकै अन्य खेलमा पिस प्वाइन्टले सम्भावीलाई २९–२८, विच किड्सले जगत मन्दिरलाई २८–२४, सम्भावीले न्यु अरुणोदयलाई ३६–२४, जगत मन्दिरले प्रस्फुटनलाई २४–१७, ज्ञान निकेतनले अरुणोदयलाई ३३–१९, बेबीलनले प्रस्फुटनलाई १३–११, विच किड्सले बेबीलनलाई २७–२२, एडभान्सले रिभेरालाई ३०–२० र पिस प्वाइन्टले न्यु अरुणोदयलाई २८–८ ले पाखा लगाए ।

पिस प्वाइन्टका आर्यन चौधरीले १०, विच किड्सका विराज कार्कीले १३, सम्भावीका इपेश मगरले २३, जगत मन्दिरका साइमन सेनले १२, ज्ञान निकेतनका जेन्युन वाइबाले १०, बेबिलनका आदेशले ७, विच किड्सका विराज कार्कीले १३, एडभान्सका शीर्षक मगरले ११ र पिस प्वाइन्टका सुशान्तले १२ अंक जोडे ।

गोल्डेनपिकको संयोजन तथा व्यवस्थापनमा भइरहेको प्रतियोगितामा माफमा आबद्ध विभिन्न १६ विद्यालयका टिमले ३ विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *