काठमाडौं । आयोजक ग्रिनल्यान्ड र लालीगुराँस नेसनल एकेडेमीले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् ।
धापासीस्थित घरेलु कोर्टमा ग्रिनल्यान्डले पारमाउन्टलाई २२–१८ ले पराजित गर्यो ।
ग्रिनल्यान्डको जितमा प्रवेश चन्दले ८ अंक योगदान गरे । संगित बलामीको ९ अंक सहयोगमा लालीगुराँसले एचएचसीएलाई २३–१६ ले हरायो ।
जुनियर ब्वाइजमै ओडिसीले भद्रकालीलाई २५–१२, फेरिल्यान्डले बीएमसीएलाई २३–१३ र एन्जल्स हार्टले स्कोलर्स होमलाई २४–१५ ले पाखा लगाए । ओडिसीका सोहन तामाङले १०, फेरिल्यान्डका राहुल मुगुजीले १२ र एन्जल्स हार्टका सौरव श्रेष्ठले ९ स्कोर गरे ।
सिनियर ब्वाइजमा न्युटनले स्वेता सदनलाई ६५–४५, पारमाउन्टले भद्रकालीलाई ५६–३०, सेबले प्रारम्भ वल्र्डलाई ६२–४२, जेबी स्कुलले गोल्डेनपिकलाई २७–१८, एन्जल्स हार्टले बीएमसीएलाई ४८–३२ र मार्वलसले भ्याली पब्लिकलाई ७१–६३ ले पन्छाए ।
न्युटनका सविन राईले १५, पारामाउन्टका पिटर राईले १६, सेबका युविन तामाङले १६, जेबीका रुपेश तामाङले ११, एन्जल्स हार्टका रुपेश पौडेलले १८ र मार्वलसका गौरव यादवले २२ अंक जोडे ।
