ग्रामथान (मोरङ) । मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर १ मा अध्यक्ष कप नक-आउट फुटबल प्रतियोगिताको आयोजना गरिएको छ ।दिप ज्योति युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा ८ टोलिले भाग लिएका छन् ।

लखन्तरी नडियाटोकको खेल मैदानमा आज भएको उद्घाटन खेलमा चौधरी चौक युवा क्लब, महेशपुर, मोरङ ४–३ गोल अन्तरले विजयी भएको थियो । चौधरी चौक युवा क्लबले टाइगर क्लब, नेताचौक, मोरङलाई पराजित गरेको हो । जितसँगै चौधरी चौक युवा क्लब प्रतियोगिताको सेमिफाइनलमा समेत प्रवेश गरेको छ ।

चौधरी चौकको जितमा अनिश चौधरीले दुई तथा अनुप मगर र हरि चौधरीले समान १-१ गोल गरे । टाइगरका लागि अंंजेश चौधरी, सुमन दास र समिर चौधरीले समान १-१ गोल गरे । खेलको म्यान अफ दि म्याच चौधरी चौकका अनिश चौधरी घोषित भए । उनले नगद १ हजार १ सय रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत शनिबार हुने दोस्रो क्वार्टरफाइनल खेल हात्तिमुढा स्पोर्टिङ क्लब, हात्तिमुढा, मोरङ र बिराट स्पोर्ट्स एकेडेमी, विराटनगर, मोरङबीच हुनेछ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि ग्रामथान गाउँपालिकाका अध्यक्ष नमो नारायण माझीले उद्घाटन गर्नुभएको थियो । ग्रामथान गाउँपालिकाको सहयोगमा सुरु भएको प्रतियोतिगाको विजेताले नगद ५१ हजार र उप विजेताले ३१ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *