मिक्लाजुङ (मोरङ) । साखरे युवा क्लब, मिक्लाजुङ, मोरङको आयोजनामा जारी चौथो खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८३ मा कालिदह फुटबल क्लब, मिक्लाजुङ, मोरङ फाइनलमा प्रवेश गरेको छ ।

बिहिवार साखरे स्कुलको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक साखरे युवा क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै कालिदहले उपाधिका लागि टाँडी स्पोर्टिङ क्लब, टाँडी, मोरङसँगको भेट पक्का गरेको हो ।

कालिदहलाई जित दिलाउन सौर्य राउतले निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच कालिदहका रक्षक राजु मगर चुनिए । उनले नगद रु १,००५ पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको विजेताले नगद रु. ५१,१११ रुपैयाँ र उपविजेताले नगद रु. ३१,१११ रुपैयाँ पाउनेछन् । फाइनल खेल शनिबार हुनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *