मोरङ । सलहेश युवा क्लब, सिराहा प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहिवार सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक सुन्दर खोर्साने युवा क्लब, सुन्दरहरैँचा, मोरङलाई ३-२ ले पाखा लगाउँदै फाइनलमा पुगेको हो ।

सलहेशको जितमा राजेश दाहाल दुई तथा रोहन कार्कीले एक गोल गरे । खोर्सानेका लागि मौसम सुब्बा र फागुराम थारुले समान एक-एक गोल गरे । सलहेशका रोहन कार्की खेलको म्यान अफ दि म्याच घोषित भए । उनले नगद रु. ३ हजार १ सयसहित ट्रफी प्राप्त गरे ।

अब सलहेशले शनिवार उपाधिका लागि आरटी धरान एफसी, धरान, सुनसरीसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । सुन्दर खोर्साने युवा क्लब, सुन्दरहरैँचा, मोरङको आयोजनाम जारी प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *