विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङकोे आयोजनामा हिसान स्पोर्ट्स मिट २०८२ अन्तर्गत विहिबार भएको हिसान फुटबलमा जेभिर्यस कलेज, कान्तिपुर कलेज, शिक्षा सन्देश कलेज र रेडस्टार कलेज विजयी भएका छन् ।
शहिद मैदानमा भएको छात्रातर्फको पहिलो खेलमा जेभिर्यस कलेजले सेन्ट जेसेफ कलेजलाई पेनाल्टी सुट आउटमा ३–१ पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुबै टिम गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । खेलको प्लेयर अफ दि म्याच जेभिर्यसकी गोलकिपर प्रमिसा श्रेष्ठ घोषित भइन् ।
दोस्रो खेलमा कान्तिपुर कलेजले शिक्षादिप कलेजलाई पेनाल्टी सुट आउटमा ४–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट भएको हो । खेलको प्लेयर अफ दि म्याच कान्तिपुरकी गोलकिपर रविना चौधरी घोषित भइन् ।
छात्रतर्फको पहिलोे खेलमा शिक्षा सन्देश कलेजले मोडर्न एरा कलेजलाई १–० ले स्तब्ध बनाउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । शिक्ष सन्देशकोे जितमा इगल मगरले निर्णायक गोल गरे । इगल नै खेलको प्लेयर अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा रेडस्टार कलेजले अर्किड कलेजलाई १–० को पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । रेडस्टारको जितमा रिसब मगरले निर्णायक गोल गरे । रिसब नै खेलको प्लेयर अफ द म्याच घोषित भए ।
