पाेखरा । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–१९ महिला च्याम्पियनसिपका लागि टिकटदर सार्वजनिक गरेको छ ।

माघ १७ देखि २४ गतेसम्म कास्कीस्थित पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताकाे टिकटदर साधारण पारापिटतर्फको टिकटदर २०० रुपैयाँ र भीआइपी पारापिटतर्फको टिकटदर ५०० रुपैयाँ तोकिएको छ ।

प्रतियोगितामा आयोजक नेपालसहित भारत, भुटान र बंगलादेशको सहभागिता रहनेछ । सहभागी टोलीहरूका लागि पोखराको लामाचौरस्थित गोस्ते खेलमैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *