काराबाओ कपको सेमिफाइनलमा साविक विजेता न्युक्यासल युनाइटेड र म्यानचेस्टर सिटी भिड्ने भएका छन् ।

बुधबार सिटीले घरेलु मैदानमा ब्रेन्टफोर्डलाई २–० ले पराजित गर्दै न्युक्यासल युनाइटेडसँगको भेट पक्का गरेको हो । सिटीको जितमा यारन चेर्कीले ३२औं र साभिआले ६७औं मिनेटमा गोल गरे ।

न्युक्यासलले बुधबार नै सम्पन्न खेलमा फुलहमलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको थियो । घरेलु मैदानमा न्युक्यासललाई जित दिलाउन योना विसा र लेविस माइलले समान एक-एक गोल गरे । फुलहमका लागि सासा लुकिचले गोल गरे ।

खेलको १०औं मिनेटमा योना विसाको गोलमार्फत न्युकासलले सुरुआती अग्रता लिएको थियो । तर फुलहमका लुकिचले १६औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए ।

खेल टाइब्रेकरतर्फ अग्रसर भइरहेको बेला माइलले इन्ज्युरी समयको दोस्रो मिनेटमा निर्णायक गोल गर्दै न्युकासललाई अन्तिम चारको यात्रा तय गराए ।

उता, चेल्सीले पनि प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाईसकेको छ र चेल्सीले अर्को सेमिफाइनलमा आर्सनल अथवा क्रिस्टल प्यालेसमध्ये एकको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *