पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पहिलो पटक फिफा इन्टरकन्टिनेन्टकलकपको उपाधि जितेको छ ।

बुधबार कतारको दोहामा भएको उपाधि भिडन्तमा ब्राजिलियन क्लब फ्लेमिङ्गोलाई टाइब्रेकरमा २-१ ले पराजित गर्दै पीएसजीले उपाधि जितेको हो ।

निर्धारित र अतिरिक्त समयको खेल १–१को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

यसअघि ३८औं मिनेटमा कभरतस्खेलियाको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । तर, ६२औं मिनेटमा फ्लेमिङ्गोका जर्गिन्होले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

निर्धारित समय १-१ गोलको बराबरीमा टुंगिएको खेलको अतिरिक्त समयमा पनि दुवै तर्फबाट गोल हुन सकेन ।पिएसजीका लागि दोस्रो रोजाईका गोलरक्षक माटभेइ सफानोभले चार पेनाल्टी बचाएका थिए ।

यो वर्ष पीएसजीले जितेको यो छैटौं उपाधि हो । उसले सन् २०२५ मा फ्रान्सेली लिग वानपछि पहिलो पटक च्याम्पियन्स लिग पनि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *