विराटनगर । विराटनगर-५ स्थित दिल्ली पब्लिक स्कुलको आयोजनामा जारी तेस्रो डिपिएस अन्तर्राष्ट्रिय आमन्त्रण अन्तर विद्यालय फुटबल रनिङ कप २०८२ को सेमीफाइनल समीकरण पूरा भएको छ ।
शुक्रबार भएको क्वार्टरफाइनल खेलहरूमा जित हासिल गर्दै आयोजक दिल्ली पब्लिक स्कुल र भारतको माउन्ट जियोन इङ्लिस बोर्डिङ स्कुल सेमिफाइनलमा पुगेको छ ।
दिनको पहिको क्वार्टरफाइनल खेलमा आयोजक दिल्ली पब्लिक स्कुलले विराटनगरको गोदावरी इङ्लिस स्कुललाई ५–१ ले हरायो । खेलको म्यान अफ द म्याच दिल्ली पब्लिकका अमन खवास घोषित भए । उनले गोदावरी विरुद्ध ह्याट्रिक प्रहार गरेका थिए ।
अर्को क्वार्टरफाइनलमा भारतको माउन्ट जियोन इङ्लिस बोर्डिङ स्कुलले विराटनगरको सनसाइन सेकेन्डरी स्कुललाई ३–० ले हरायो । खेलको म्यान अफ द म्याच माउन्ट जियोनका रितेश दर्जी चुनिए ।
भोलि शनिबार हुने पहिलो सेमिफाइनल आयोजक दिल्ली पब्लिक स्कुल र निधि सेकेन्डरी स्कुल तथा दोस्रो सेमिफाइनल माउन्ट जियोन इङ्लिस बोर्डिङ स्कुल र बिकेभिएम स्कुलबीच हुनेछ ।
पुष ७ गते सम्म चल्ने प्रतियोगितामा भारतको एक विद्यालय सहित झापा सुनसरी र मोरङका १० वटा विद्यालयले प्रतियोगितमा सहभागिता जनाएका छन् ।
