काठमाडौँ । साफ महिला क्लब च्याम्पियनसिपको उपाधि भारतीय क्लब ईस्ट बंगाल एफसीले जितेको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा नेपालको एपीएफ फुटबल क्लबलाई ३–० ले हराउँदै पहिलो संस्करणको उपाधि ईस्ट बंगालले जितेको हो ।

ईस्ट बंगालको जितमा कप्तान फाजिला इक्वापुतले दुई तथा सिल्कीदेवी हेमामले एक गोल थपिन् ।

पहिलो हाफमा एपीएफविरुद्ध ईस्ट बंगालले २–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।

खेलको २२औँ मिनेटमा ईस्ट बंगालकी कप्तान फाजिला इक्वापुतले गोल गर्दै १–० को अग्रता दिलाइन् । ३५औँ मिनेटमा सिल्कीदेवी हेमामको गोलमा ईस्ट बंगालले पहिलो हफमै २–० को अग्रता बनायो ।

४६औँ मिनेटमा कप्तान फाजिलाले ब्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरिन् । त्यसपछि बाँकी समय थप गोल नहुँदा बंगाल च्याम्पियन बन्यो ।

यो सँगै च्याम्पियन ईस्ट बंगालले १० हजार अमेरिकीन डल पाउँदा एपीएफले ५ हजारमा चित्त बुझायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *